- चिरफार डटकम, विराटनगर ५६१ पटक हेरिएको
आइतबार, मंसिर २८, २०८२ समय : १७:१७:२६ , ४ महिना अगाडि
नेपालको रमणीय पर्यटकीयस्थल पोखरा घुम्न जानेका लागि अफरै अफरको व्यवस्था गरिएको छ । “सडक मै खाउँ, सडक मै नाचौँ, सडक मै रमाऊँ” भन्ने मूल नाराका साथ खाना, संस्कृति र सङ्गीतलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ रमणीय पर्यटकीय स्थल पोखरामा २०८२ पुस १३ देखि १७ गतेसम्म २७औं संस्करणको पोखरा सडक महोत्सव हुन गइरहेको छ । २
७औं पोखरा सडक महोत्सवका संयोजक वसन्त गौतमको टिमले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर सर्वसाधारणलाई सडक महोत्सव पोखरा घुम्न आउन निम्तो दिएका छन् । सडक महोत्सवको अवधिमा पोखरा घुम्न आउने पर्यटकलाई विशेष सुविधा प्रदान गर्ने तयारीका साथ पोखरा सडक महोत्सवको आयोजना गर्न लागेको संयोजक गौतमले बताए ।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ लाई लक्षित गरेर २०८२ पुस १३ देखि १७ गतेसम्म प्राकृतिक र सौन्दर्यले भरिपूर्ण नेपालको पर्यटकीय राजधानी पोखराको मुटु फेवातालको किनार लेकसाइडको सडकमा ५ दिनसम्म सडक महोत्सवको आयोजना गरिन्छ । जहाँ नेपाल, भारत र विदेशका गरी लाखौँ पर्यटकको सहभागिता रहने गरेका छन् । विराटनगरदेखि पोखरा पुग्न ५ सय किलोमिटर दुरीको यात्रा तय गर्नुपर्छ ।
विराटनगरदेखि पोखरा पुग्न १२ घण्टा समय लाग्छ । मुग्लिङदेखि पोखरा पुग्न २ घण्टा समय लाग्छ । र एकतर्फी भए पनि बाटो अवरोधको समस्या नरहेको संयोजक गौतमले बताए । विराटनगरका पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठले नेपालको पुरानो पर्यटकीय स्थल पोखरा घुम्न जाने पर्यटकका लागि विराटनगर–पोखरा विमान सञ्चालनका लागि विमान कम्पनीका सञ्चालक सँग कुरा भइरहेको बताए ।
गोर्खा ब्रुअरी प्रा.लि., बोटलर्स नेपाल लि., दि नेपाल डिष्टिलरी प्रा.लि., यति डिष्टिलरी प्रा.लि., नेपाल टेलिकम, सिद्धार्थ बैंक, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिकाले पोखरा सडक महोत्सवसँग सहकार्य गरेका छन् ।