- ब्रह्मदेव यादव, विराटनगर ६३० पटक हेरिएको
आइतबार, पुष ०६, २०८२ समय : १३:०८:५२ , ४ महिना अगाडि
मोरङ उद्योग व्यापार संघले विराटनगरमा आयोजना गर्न लागेको विराट ट्रेड एक्स्पो–२०८२ तयारी पुरा भएको छ । संघका सचिव एवं विराट ट्रेड एक्स्पोका संयोजक अमित सारडाले एक्स्पोका लागि निर्माण गरिएको सबै २ सय ३० स्टलको बुकिङ पुरा भइसकेको बताए ।
विराट ट्रेड एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २ सय ३० भन्दा बढी स्टल रहेका छन् । र सबै स्टलको बुकिङ हाउसफुल भइसकेको एक्स्पो संयोजक सारडाले बताए । संघले २०८२ पुस ९ देखि १९ गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिण तर्फ खाली जग्गामा विराट ट्रेड एक्स्पोको आयोजना गर्न लागे हो ।

संघले एक्स्पोका लागि ३ वटा डोमभित्र २ सय स्टल निर्माण गरेका छन् । अटो मोबाइल्सका १८ र १६ वटा फुड्सको स्टल बेग्लै निर्माण गरेका छन् । एक्स्पोमा भारत, बंगलादेश र पाकिस्तानका ३५ स्टल रहेका छन् । र सबै स्टलको बुकिङ भइसकेको एक्स्पो संयोजक सारडाले बताए ।
औद्योगिक तथा व्यापारिक प्रतिष्ठानको सामग्री विराट ट्रेड एक्स्पो मुख्य आकर्षकको रूपमा रहेका छन् । अस्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउसको डिस्प्ले एक्स्पो स्थलमा निर्माण गरिएको छ । जसलाई उपभोक्ताले सेल्फी जोनको रूपमा प्रयोग गर्न सक्ने छन् । एक्स्पो स्थलमा जलपरी र माछाको एक्वेरियम निर्माण गरिएको छ ।
एक्स्पो घुम्न आउने उपभोक्ताले जलपरी र माछाको एक्वेरियमको अवलोकन गर्न पाउने छन् । विराट ट्रेड एक्स्पो घुम्न आउने जोकोहीका लागि १ सय ५० रुपैयाँको टिकट दर कायम गरिएको छ ।
बिहान १० देखि राती ८ बजेसम्म एक्स्पो सञ्चालनमा रहने छ । स्कुल पोसाकमा आएका स्कुल कलेजका विद्यार्थीलाई बिहान १० देखि दिउँसो १ः३० बजेसम्म प्रवेशमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । एक्स्पोमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको