- ब्रह्मदेव यादव, विराटनगर ९४६ पटक हेरिएको
आइतबार, पुष ०६, २०८२ समय : १६:०३:४० , ४ महिना अगाडि
नेपाली कांग्रेसले युवा भित्र्याउने अभियान सुरु गरेको छ । जेन्जी आन्दोलनपछि युवा जता गयो त्यही पार्टी बलियो अवस्थामा पुग्ने र जित हासिल गर्ने भएकोले त्यसलाई ध्यानमा राखेर आगामी प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर कांग्रेसले युवा भित्र्याउने अभियान सुरु गरेको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले युवालाई पार्टीमा भित्र्याउने सुरु गरेको अभियानलाई नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईंले साथ दिइरहेका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईंले आइतबार विराटनगरमा डा. शेखर कोइराला सँग नेपाली कांग्रेस र नेपालको यात्रा हिजो आज र भोली चुनौती, अवसर र सम्भावना बारे आयोजना गरेको युवा सँग संवाद कार्यक्रममा बाक्लो संख्यामा युवापुस्ताको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसमा हाबी हुँदै गएको गुट–उपगुट नेता तथा कार्यकर्ताहरूको अन्य पार्टी बिलय, युवा विदेश पलायन, शिक्षा, स्वास्थ्यको खस्किँदो अवस्था बारे युवाहरूले तेर्साएको प्रश्नको डा. कोइरालाले जवाफ दिएका थिए ।