- चिरफार डटकम, विराटनगर १८६ पटक हेरिएको
मंगलबार, पुष १५, २०८२ समय : १४:१०:०५ , १४ घन्टा अगाडि
विराटनगरमा केन्द्रीय कार्यालय रहेको चिरफार डटकम अनलाइन मंगलबारदेखि चौथो वर्षमा प्रवेश गरेको छ ।
विराट दरबार मिडिया प्रा.लि. द्वारा प्रकाश भइरहेको चिरफार डटकम अनलाइन समाचार पोर्टल हो । जुन समाचार पोर्टलले राजनीतिक, सामाजिक, आर्थिकदेखि सबै क्षेत्र तह र तप्काको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरिरहेका छन् ।
चिरफार डटकम अनलाइन निरन्तर प्रकाशन भइरहेको समाचार पोर्टल हो । जुन समाचार पोर्टल ४ वर्षको अवधिमा कहिले पनि पछाडि फर्केर हेर्ने अवस्था सृजना भएन ।
२०७९ साल पुस १५ गतेदेखि चिरफार डटकम अनलाइनको प्रकाशन सुरु भएको हो । २०८२ पुस १५ गते मंगलबार चिरफार डटकम अनलाइन चौथो वर्षमा प्रवेश गरेको हो ।
चिरफार डटकम अनलाइनलाई निरन्तर विज्ञान उपलब्ध गराएर सहयोग गर्नु भएका विज्ञापन दाता, शुभचिन्तक प्रति प्रकाशन समूह हार्दिक आभार प्रकट गर्दछ । र आगामी दिनमा निरन्तर सहयोगको अपेक्षा गर्दछ ।