- चिरफार डटकम, विराटनगर ३०७ पटक हेरिएको
बिहिबार, माघ १५, २०८२ समय : १६:२०:२१ , १८ घन्टा अगाडि
हर्कराज राई (सामपाङ) अध्यक्ष रहेको श्रम संस्कृति पार्टीबाट मोरङ निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण अटलले चुनाव आफूले नै जित्ने दाबी गरेका छन् । विराटनगर–१० निवासी अटल भष्ट्राचार विरुद्ध अभियानताको रूपमा चिनिन्छ ।
अटलले भष्ट्राचार अन्तको माग गर्दै आन्तरिक राजश्व कार्यालय मोरङ विराटनगरमा १ सय दिन र जिल्ला प्रशासन कार्यालय मोरङमा ३० दिनसम्म एक्ल अभियानताको रूपमा धर्ना दिएका थिए । तिनै भष्ट्राचार विरुद्धका अभियानता अटललाई श्रम संस्कृति पार्टीले मोरङ ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएका छन् ।
चिरफार डटकम सँग कुरा गर्दै अटलले किसानको समस्या समाधान, मिटर ब्याजको समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन आफूले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको बताए ।
विराटनगर महानगरपालिकाको शहरी क्षेत्र बाहेक ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्यको अवस्था दयनीय रहेकोले त्यसको सुधारका लागि आफ्नो उम्मेदवारी रहेको अटलले बताए । विराटनगर उद्योगी एवं व्यापारी क्षेत्र हो ।
यहाँ करको ठुलो समस्या छ । करैकरको चापमा परेका उद्योगी एवं व्यवसायी गरिखान सक्ने अवस्था नरहेकोले बढ्दो कर असुली अन्तका लागि आफूले जित्नै पर्ने अटलको दाबी छ ।