- चिरफार डटकम, विराटनगर ६०७ पटक हेरिएको
बुधबार, माघ २१, २०८२ समय : १६:००:३० , ३ महिना अगाडि
स्वास्थ्य कार्यालय मोरङले १२ हजार ७ सय ५५ जना छात्रालाई एच.पी.भी. खोप लगाउने तयारी पुरा गरेका छन् । कार्यालयले मोरङ जिल्ला भरीका सरकारी तथा गैर सरकारी विद्यालयको कक्षा ६ मा अध्ययनरत १२ हजार ७ सय ५५ जना छात्रालाई एच.पी.भी. खोप लगाउन लागेको हो ।
एच.पी.भी. भनेको पाठेघर सम्बन्धी मुखको क्यान्सर रोग विरुद्धको खोप हो । स्वास्थ्य कार्यालय मोरङले बुधबार विराटनगरमा सञ्चारकर्मी सँग छलफल गर्दै माघ २५ गते ८ सय २७ खोप केन्द्र मार्फत छात्रालाई खोप लगाउने तयारी पुरा भएको जानकारी गराए ।
कार्यालय प्रमुख योगराज घिमिरेले माघ २५ गतेदेखि सुरु हुने विद्यालय खोप अभियान ३ देखि ५ दिनसम्म चल्ने छ । जिल्ला भरी कक्षा ६ मा अध्ययनरत १० वर्ष मुनी उमेर समूहका छात्रालाई एच.पी.भी. खोप लगाउन लागिएको बताए । नेपालमा प्रत्येक वर्ष १२ देखि १३ हजार महिलाको पाठेघर क्यान्सरको रोगबाट मृत्यु भइरहेको तथ्याङ्क छ ।
पाठेघरको क्यान्सर रोगबाट बच्नका लागि एच.पी.भी. खोप लगाउन लागिएको कार्यालय प्रमुख घिमिरेले बताए । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, उपप्रमुख उषा झा, स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत उत्सव पोखरेल छलफल कार्यक्रममा सहभागी थिए ।