- ब्रह्ममदेव यादव, विराटनगर १३९ पटक हेरिएको
आइतबार, फाल्गुण ०३, २०८२ समय : २१:१२:४२ , १० घन्टा अगाडि
नेकपा एमालेबाट मोरङ क्षेत्र नं. ६ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद ढकालले मतदाता समक्ष ३० बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
पार्टीका नेताहरूलाई साक्षी राखेर ढकालले आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेपछि आगामी ५ वर्षको अवधिमा युद्धस्तरमा विकास निर्माणका कार्यलाई अगाडी बढाउने प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
पितृशोकमा रहेको ढकाल आइतबार क्रियास्थलमै पत्रकार सम्मेलन गरेर विकास निर्माण सम्बन्धी ३० बुँदे योजना समेटिएको प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
विराटनगरको डुबान समस्यालाई सधैका लागि समाधान गर्न दीर्घकालीन योजनाको निर्माण, अलपत्र अवस्थामा रहेको रिङ रोडको निर्माण, बुढी, केशलीया, सिंघिया र गछिया नदी नियन्त्रणका लागि विशेष योजना समेटिएका छन् ।
एमाले उम्मेदवार ढकाल मोरङ क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइराला र राष्ट्रिय स्वतन्त्र पार्टीका महिला नेत्री रुबिना आचार्यसँग प्रतिस्पर्धा गरिरहेका छन् ।