रासस कोशीले मनायो ६५औं वार्षिकोत्सव

  • चिरफार डटकम, विराटनगर १६२  पटक हेरिएको

बुधबार, फाल्गुण ०६, २०८२ समय : २०:३४:०७ , ६ घन्टा अगाडि

नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय समाचार समिति (रासस) ६५औं वर्षमा प्रवेश गरेको छ । रासस समाचार उत्पादन गर्ने र सञ्चार संस्थालाई समाचार विक्री गर्ने सरकारी स्वामित्वको सञ्चार संस्था हो ।

सोही संस्थाको कोशी प्रदेश कार्यालयले बुधबार विराटनगरमा ६५औं वार्षिकोत्सव मनाएको छ । ६५औं वार्षिकोत्सवको अवसरमा राससको कोशी प्रदेश कार्यालयले शुभकामना आदानप्रदान तथा पुरस्कार समर्पण कार्यक्रम सम्पन्न गरेका छन् ।

राससको कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत कार्यालय सहयोगी गौरी कारन्जितलाई ७ हजार ७ सय ७७ रुपैयाँको राशिले पुरस्कृत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुली र रासस कोशी प्रदेशका प्रमुख मो. सदरुलले कारन्जितलाई पुरस्कार सहित सम्मान प्रदान गरेका थिए ।

राससका अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सन्दिप राई र कर्मचारी संघका अध्यक्ष पवित्रा गुरागाईद्वारा हस्ताक्षरित सम्मान-पत्र कार्यक्रममा कारन्जितलाई प्रदान गरिएको थियो ।

रासस कोशी प्रदेशका प्रमुख मो. सदरुलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेश अध्यक्ष भरत खड्का र मोरङ शाखा अध्यक्ष सुशिला पाठकले मन्तव्य व्यक्त गरेका थिए ।

वरिष्ठ पत्रकार यज्ञप्रसाद शर्मा र नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी अतिथिको रूपमा कार्यक्रममा सहभागी थिए ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्र पी अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । राससको कोशी प्रदेशमा समाचार दाताको रूपमा कार्यरत मनोज दाहाल, जुनु भट्टराई र विवेक मिश्रले कार्यक्रममा सहभागी पाहुनाहरूलाई स्वागत गरेका थिए ।