जातीय पहिरनमा मतदातासँग मत माग्दै आचार्य  

  • ब्रह्मदेव यादव, विराटनगर ५०५  पटक हेरिएको

आइतबार, फाल्गुण १०, २०८२ समय : १५:५७:२५ , २ महिना अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं. ६ का उम्मेदवार रुबिना आचार्य जातीय पहिरनमा मतदातासँग मत मागी रहेका छन् । मोरङ ६ थारु बाहुल्य निर्वाचन क्षेत्र हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आचार्य थारु बाहुल्य निर्वाचन क्षेत्रमा थारु समुदायको जातीय पहिरनमा मतदातासँग मत मागी रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आचार्य मोरङ ६ मा जुन जातिको बढी मतदाता छ त्यही जातको पहिरनमा मतदातासँग मत माग्न पुगी रहेका छन् ।

जातीय पहिरनमा मत माग्न घरदैलोमा आइपुग्दा मतदाता उत्साहित हुने भएकोले जातीय पहिरनलाई प्राथमिकता दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आचार्यको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका आचार्यको निर्वाचन क्षेत्र मोरङ ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका विनोद ढकालसँग प्रतिस्पर्धा छ । तर देश बालेनमय भएको अवस्थामा मतदाताको पहिलो रोजाई आचार्य बनेको छ ।

आचार्यको चुनावी सभामा मतदाताको भिड लाग्ने गरेको छ । आचार्यको घरदैलो अभियानमा मतदाताको भिड हामी नसक्ने अवस्था छ । जसको कारण आचार्य उत्साहित छ । र विजयको नजिक रहेको आचार्यले दाबी गरिरहेका छन् ।