- चिरफार डटकम, विराटनगर ५४५ पटक हेरिएको
आइतबार, फाल्गुण १०, २०८२ समय : १८:५६:०४ , २ महिना अगाडि
फागुन २१ गते बिहीबार हुन लागेको प्रतिनिधि सभा निर्वाचनको समयमा लगातार ७ दिनसम्म सरकारी बिदा परेको छ ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर नेपाल सरकारले फागुन २०, २१ र २२ गते गरी ३ दिनका लागि सरकारी बिदा दिने तयारी गरेको छ ।
सरकारले दिन लागेको ३ दिने सरकारी बिदा स्वीकृति गर्न बाँकी छ । फागुन १८ र १९ गते होली पर्वको बिदा छ । १८ गते पहाडमा र १९ गते तराई मधेसमा होली पर्व मनाइन्छ ।
२३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सरकारी बिदा छ ।