- चिरफार डटकम, विराटनगर ४९३ पटक हेरिएको
शुक्रबार, फाल्गुण २२, २०८२ समय : १२:५६:४७ , २ महिना अगाडि
मोरङको ६ मध्ये ५ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
मोरङ १ मा यज्ञमणी न्यौपाने, २ मा कृष्ण कार्की, ४ मा सन्तोष राजवंशी, ५ मा आशा झा र ६ मा रुबिना आचार्यले अग्रता लिएका छन् ।
मोरङ ३ मा हर्कराज राईको श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर पहिलो स्थानमा रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा दोस्रो स्थानमा छन् ।
२०७९ को संसदीय निर्वाचनमा डा. शर्मा मोरङ ३ बाट सानदार मत प्राप्त गरी विजयी भएका थिए । मोरङमा कांग्रेस र एमालेका उम्मेदवारको जमानत जफत हुने अवस्थामा छ ।
मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुबिना आचार्य पहिलो स्थानमा छ । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला दोस्रो र एमालेका विनोद ढकाल तेस्रो स्थानमा रहेका छन् ।
मोरङ ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी भारी मतका साथ अग्रता लिएका छन् । राजवंशीले १० हजार मतको अग्रता लिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका अमनलाल मोदी दोस्रो र नेपाली कांग्रेसका उम्मेदवार एवं पार्टीका महामन्त्री गुरुराज घिमिरे तेस्रो स्थानमा रहेका छन् । एमालेका जीवन घिमिरे पुछारमा रहेका छन् ।