- ब्रह्ममदेव यादव, विराटनगर ५४३ पटक हेरिएको
शनिबार, फाल्गुण २३, २०८२ समय : २१:३७:१९ , ३ महिना अगाडि
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सकेर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापाबाट काठमाडौँ प्रस्थान गरेका छन् ।
बालेन शनिबार झापामा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र लिएर काठमाडौँ प्रस्थान गरेको हो । झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका बालेन ५० हजार मतको अन्तरले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।
बालेनले ६८ हजार ३ सय ४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७ सय ३४ मत प्राप्त गरेका थिए । झापा ५ बाट जित निकालेर बालेन पहिलो पटक संसदीय भूमिकामा प्रवेश गरेका छन् ।
बालेन यस अघि काठमाडौँ महानगरपालिकाका मेयर भइसकेका छन् । ओली दोस्रो पटक झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका हुन् ।
ओली २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा नेपाली कम्यूनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) का विश्वदिप लिङ्देनसँग पराजित भएका थिए ।