- चिरफार डटकम, विराटनगर ७१९ पटक हेरिएको
शनिबार, चैत्र २१, २०८२ समय : १७:१२:५३ , ४ हप्ता अगाडि
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष एवं चाँदी व्यवसायी प्रकाश मन्दडालाई नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेश समितिले सम्मान गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेश समितिले ५औं र ६औं वार्षिक साधारण सभाको अवसरमा शनिवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुन्दडालाई सम्मान गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाईली, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष रमेश रसाईली र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले मुन्दडालाई सम्मान गर्दै सम्मान-पत्र प्रदान गरेका थिए ।
मुन्दडा ग्रुपको टेक्नो जया ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. ले नेपाल सुनचाँदी व्यवसायी महासंघलाई गरेको सहयोगको उच्च मूल्याङ्कन गर्दै महासंघले मुन्दडलाई विशेष सम्मान गरेको हो ।