- चिरफार डटकम, विराटनगर १५८ पटक हेरिएको
शुक्रबार, बैशाख ०४, २०८३ समय : १६:१०:५९ , ४ घन्टा अगाडि
झापा–११ र सम्राट स्पोटिङ क्लब विराटनगर विराट गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेल्दै छ ।
विराटनगरको शहिद रंगशालामा वैशाख ५ गते शनिवार यी दुवै टिम विराट गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिन लागेको हो ।
झापा–११ ले नेपाल प्रहरी क्लब र सम्राट स्पोटिङ क्लब विराटनगरले चर्च व्याइज क्लब ललितपुर काठमाडौँलाई सेमिफाइनलमा पराजित गरेर फाइनलमा प्रवेश गरेको हो ।
विजेताले ११ लाख र उपविजेताले ५ लाख नगद रुपैयाँ सहित शिल्ड प्राप्त गर्ने विराट गोल्ड कप फुटबल ट्रष्ट विराटनगरका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी गराए ।
२०८२ चैत्र २८ गतेदेखि सुरु भएको विराट गोल्ड कप फुटबल प्रतियोगिताको वैशाख ५ गते शनिवार फाइनल खेल सँगै समापन हुन लागेको छ ।
विराट गोल्ड कप फुटबल प्रतियोगितामा भारतका–१ र नेपालका ७ गरी ८ टिमको सहभागिता थियो । मछिन्द्र, नेपाल आर्मी, सशस्त्र प्रहरी र भारत विहारको अल झारखण्ड विर्शामुण्डा फुटबल एकेडेमी प्रतियोगिताको पहिलो चरणबाट बाहिरिएको थियो ।
शनिवार विराटनगर स्थित शहिद रंगशालामा फर्ड लाइटमा दिवा रात्रिकालीन फाइनल खेल हुनेछ ।
प्रतिनिधि सभाका सभामुख डिपी (डोल प्रसाद) अर्याल विराट गोल्ड कप फुटबल प्रतियोगिता समापन समारोहको प्रमुख अतिथि रहेका छन् ।
कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले विराट गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन गरेका थिए ।