गणेशमान सिंह फाउण्डेशनद्वारा मानव सेवा आश्रममा खाना वितरण

  • ब्रह्मदेव यादव, विराटनगर ३७१  पटक हेरिएको

शुक्रबार, बैशाख ११, २०८३ समय : १५:१२:४६ , ४ घन्टा अगाडि

गणेशमान सिंह फाउण्डेशनको मोरङ शाखाले शुक्रबार विराटनगर–३ स्थित मानव सेवा आश्रममा खाना वितरण गरेका छन् ।

लोकतन्त्र दिवसको दिन पारेर गणेशमान सिंह फाउण्डेशनले शुक्रबार विराटनगर–३ पोखरीयास्थित मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई मिष्ठान्न खाना वितरण गरेको हो । उद्योगी एवं समाजसेवी किशनलाल दुगडले मिठाइ सहित मिष्ठान्न खानाको व्यवस्थापन गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्य मन्त्री शोभा चेम्जोङ पालुङ्वा, गणेशमान सिंह फाउण्डेशन कोशी प्रदेशका अध्यक्ष श्याम पौडेल, फाउण्डेशन मोरङका अध्यक्ष फुलकुमार लालवानी, फाउण्डेशन मोरङका वरिष्ठ उपाध्यक्ष शिवनारायण प्रधान, उद्योगी एवं समाजसेवी किशनलाल दुगडका प्रतिनिधि किरण डाँगा, लायन्स क्लब अफ विराटनगरका अध्यक्ष मनोज मुन्दडा, लियो क्लब अफ विराटनगरका अध्यक्ष श्रृजना लुँईटेलले मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई खाना वितरण गरेका थिए ।

कृष्णप्रसाद कोइराला सेवा गुठीका अध्यक्ष निता आचार्य मोरङ समाज काठमाडौँका सल्लाहकार गोपाल गुप्ता, समाजसेवी सतिश कर्ण, नेपाली कांग्रेसका विद्यार्थी नेता देवचन्द्र घिमिरे खाना वितरण कार्यक्रममा अतिथिको रुपमा सहभागी थिए ।

गणेशमान सिंह फाउण्डेशनको मोरङ शाखाले लोकतन्त्र दिवसको अवसर पारेर मानव सेवा आश्रम विराटनगरमा नयाँ वर्ष २०८३ को शुभकामना अदान–प्रदान तथा खाना वितरण कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्य मन्त्री शोभा चेम्जोङ पालुङ्वाले वीर पुरुष गणेशमान सिंह सत्ता भन्दा जनताको अधिकारका लागि आफूलाई समर्पित गरेको बताए ।

गणेशमान सिंह फाउण्डेशन मोरङका अध्यक्ष फुलकुमार लालवानीले नेपालमा प्रजातन्त्र ल्याउन गणेशमान सिंहको ठुलो देन रहेको बताए । मानव सेवा आश्रम विराटनगर–३ का प्रमुख पार्वती तिवारीले कार्यक्रममा सहभागी पाहुँनाहरुलाई स्वागत र सम्मान गरेका थिए ।