- ब्रह्मदेव यादव, विराटनगर २७० पटक हेरिएको
बुधबार, बैशाख १६, २०८३ समय : १६:१२:२३ , २ घन्टा अगाडि
विराट व्यापार संघको अध्यक्षमा प्रमोद कुमार अग्रवाल (जिन्दल) निर्वाचित भएका छन् । संघको केन्द्रीय कार्यालय विराटनगरमा रहेको छ ।
बुधवार विराटनगरमा सम्पन्न संघको २६औं साधारण सभा तथा १३औं अधिवेशनबाट अग्रवाल अध्यक्षमा निर्वाचित भएको हो । अग्रवाल यस अघि संघमा वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हाली रहेका थिए ।

संघको वरिष्ठ उपाध्यक्षमा श्यामलाल पौडेल (भवेष), उपाध्यक्षहरूमा प्रविण अग्रवाल (कागलीवाला), मनोहर कार्की, किरण ढुंगेल र सरस्वती दाहाल ओझा निर्वाचित भएका छन् ।
संघको महासचिवमा महेन्द्र खड्का, उपमहासचिवमा भोजराज निरौला, कोषाध्यक्षमा सुनिता गुरुङ र सह–कोषाध्यक्षमा अशोक पौदार (ख) निर्वाचित भएका छन् । सुनिता गुरुङ यस अघि संघको कोषाध्यक्ष रहेका थिए ।
संघको २६औं साधारण सभा तथा १३औं अधिवेशनबाट शिवरतन शर्मा जोशी, विपिन खतिवडा, महेन्द्र खेतान, रमा श्रेष्ठ, अनिष तोदी, अभिषेक गौतम, कुमारी सोनिया आचार्य, सुस्मिता थापा रिजाल, प्रेम पारख, सन्तोष दाहाल, कमल अग्रवाल र मो. अमजल हुसैन कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघको २६औं साधारण सभा तथा १३औं अधिवेशनको समुद्घाटन गरेका थिए ।