सविना काफ्‌ले विराटनगरको महिला नेतृत्व सम्मेलनमा सहभागिता जनाउँदै

  • चिरफार डटकम, विराटनगर २०६  पटक हेरिएको

बिहिबार, बैशाख १७, २०८३ समय : १६:३७:५१ , ३ घन्टा अगाडि

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का श्रीमती सविना काफ्‌ले विराटनगर आउँदै छन् । सविना काफ्‌लेको माइती मोरङको उर्लाबारीमा रहेको छ । तर उनी माइती जानका लागि नभई महिला नेतृत्व सम्मेलनमा सहभागिता जनाउन विराटनगर आउन लागेकी हुन ।

नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले वैशाख २१ गते सोमबार विराटनगरमा आयोजना गर्न लागेको महिला नेतृत्व सम्मेलनमा सहभागिता जनाउन सविना काफ्‌ले विराटनगर आउन लागेको हो ।

नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले सविना काफ्‌लेलाई महिला नेतृत्व सम्मेलनमा विशिष्ट अतिथिको रूपमा आमन्त्रणा गरिएको र त्यसलाई सहज रूपमा स्वीकार गरेर सविना काफ्‌ले विराटनगर आउन लागेको हो ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष एवं संविधान सभाका सदस्य पवन सारडाले महिला नेतृत्व सम्मेलनमा ३ सय भन्दा बढी महिलाहरूको सहभागिता रहने जानकारी गराए । अध्यक्ष सारडाले महिलालाई कसरी अगाडी बढाउने विषयमा कार्यक्रम केन्द्रित रहेको बताए ।

विराटनगरको बरगाछी स्थित होटेल मनासलु इनमा सम्मेलनको आयोजना गर्न लागिएको छ । “दिगो समृद्धितर्फ कृषि, सीप, सिर्जनशिलता र डिजिटल नवप्रवर्तन” विषयमा कार्यक्रम केन्द्रित रहने छ ।

नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले क्षमतावान महिलालाई महिला उद्यमी बनाउने उद्देश्यका साथ महिला नेतृत्व सम्मेलनको आयोजना गर्न लागेको बताए ।

नेपाल उद्योग परिसंघ कोशीले महिला उपाध्यक्ष गिरिजा सारडालाई संयोजक बनाएर कार्यक्रम आयोजना गर्न लगिएको छ । सम्मेलनमा नेपाल भरीका महिला उद्यमी, नीति निर्माता, विकास साझेदार, वित्तीय संस्था तथा उद्योगी व्यवसायीहरूलाई एकै ठाउँमा ल्याएर समावेशी आर्थिक वृद्धि र दिगो समृद्धिको मार्ग तय गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको संयोजक सारडाले बताए ।

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेशका संस्थापक अध्यक्ष भीम घिमिरे, नेपाल उद्योग परिसंघ कोशीका महिला उद्यम समितिका संयोजक रचना राठी कार्यक्रम बारे जानकारी गराउने उद्देश्यले आयोजना गरेको पत्रकार सहभागी थिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित