सञ्चार माध्यम मार्फत ५ तारे होटेल लेमन ट्रीको कोठा सार्वजनिक

  • ब्रह्मदेव यादव, विराटनगर २७२  पटक हेरिएको

शुक्रबार, बैशाख १८, २०८३ समय : १५:१२:३१ , ३ घन्टा अगाडि

२ सय ५० करोड रुपैयाँको लगानीमा निर्माण भएको विराटनगरको ५ तारे होटेल लेमन ट्री प्रिमियरका सञ्चालकले सञ्चार माध्यम मार्फत कोठा सार्वजनिक गरेका छन् ।

होटेल लेमन ट्री प्रिमियर विराटनगरको पहिलो पाँच तारे होटेल हो । होटेलका सञ्चालक विकास चौधरी, विनय चौधरी, कविन श्रेष्ठ, प्रशान्त तातेड र मनोज विक्रम शाहले पत्रकार सम्मेलन गरेर होटेलको सेवा सुविधाको बारेमा जानकारी गराउँदै सञ्चार माध्यम मार्फत कोठा सार्वजनिक गरेको हो ।

होटेल लेमन ट्री प्रिमियरमा ८१ वटा कोठा रहेका छन् । होटेलमा अन्तर्राष्ट्रिय क्षेत्रका विशिष्ट व्यक्तिदेखि नेपालको राष्ट्रपति, प्रधानमन्त्री, पुर्वराजा बस्ने गरी स्वीट रुम निर्माण गरिएको छ ।

विराटनगरमा खुलेको पाँच तारे होटेल लेमन ट्री प्रिमियर होटेल क्षेत्रको अन्तर्राष्ट्रिय ब्राण्ड हो । र यसको व्यवस्थापन भारतको दिल्लीमा रहेको कार्यालयले गर्नेछ ।

केही दिन पछि पहिलो चरणमा होटेल सञ्चालनमा आउने छ । दोस्रो चरणमा क्यासिनो सञ्चालनमा ल्याउने तयारी भइरहेको सञ्चालक कविन श्रेष्ठले बताए ।

होटेल लेमन ट्री प्रिमियरमा स्वीमिङ पुल, विभिन्न देशको खानाको परिकारदेखि स्पा मसाज सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । होटेल लेमन ट्री प्रिमियरमा न्यूनतम ८ हजारदेखि बढीमा २५ हजार रुपैयाँ सम्मको कोठा उपलब्ध छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित