विराटनगरका प्याकुरेल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित 

  • चिरफार डटकम, विराटनगर १२९  पटक हेरिएको

बुधबार, बैशाख २३, २०८३ समय : १५:४२:०६ , ३ घन्टा अगाडि

विराटनगरका युवा उद्यमी सुयशराज प्याकुरेल नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आई.) को केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं साधारण सभाबाट प्याकुरेल एसोसिएटस्ट समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको हो । उद्योग संगठन मोरङका पूर्व अध्यक्ष प्याकुरेल विराटनगरमा एम.एम. प्लाष्टिक उद्योग सञ्चालन गरिरहेका छन् ।

प्याकुरेल नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता कोशी प्रदेशको टिम विराटनगर किङ्सका ओनर हुन् । उनले विराटनगरमा सिटी सिनेमा हल सञ्चालन गरिरहेको छन् ।

प्याकुरेल कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार रहिसकेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् ।

अघिल्लो निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित श्रेष्ठ यस पटक स्वतः महासंघको अध्यक्ष पदमा निर्वाचित भएको हो ।