कोशी प्रदेशका पर्यटन मन्त्री पराजुलीले सार्वजनिक गर्‍यो १०० दिनको उपलब्धि

  • ब्रह्मदेव यादव, विराटनगर २००  पटक हेरिएको

शुक्रबार, बैशाख २५, २०८३ समय : १२:२९:५० , ३ घन्टा अगाडि

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसबाट कोशी प्रदेश सरकारमा सहभागी मन्त्री पराजुलीले १०० दिन पुरा गरेको छ ।

मन्त्री पराजुलीले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर १०० दिनको उपलब्धि सार्वजनिक गरेको हो । कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटा र कोशी प्रदेशको वन निर्देशक भरत बाबु श्रेष्ठ पत्रकार सम्मेलनमा सहभागी थिए ।

पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता अखिलेश कुमार गुप्ताले मन्त्री पराजुलीको १०० दिनको उपलब्धि उल्लेख गरिएको विज्ञप्ति वाचन गरेर सार्वजनिक गरेका छन् ।

कोशी प्रदेश सरकारले ८ वर्षमा १० अर्ब रुपैयाँ पर्यटन गतिविधिमा खर्च गरे पनि उपलब्धि सन्तोषजनक नरहेकोले अब २५ लाख रुपैयाँ भन्दा माथिको योजना मात्रै कार्यान्वयनमा ल्याउने मन्त्री पराजुलीले बताए ।

सङ्घीय ऐन संशोधन गरेर काठ बिक्री गर्ने अधिकार प्रदेश सरकारलाई दिनु पर्ने मन्त्री पराजुलीले माँग गरे ।

भारत र चिनमा रक्तचन्दनको माँग बढ्दो रहेकोले रक्तचन्दन निर्यात गर्ने अधिकार प्रदेश सरकारलाई दिनु पर्ने गरी सङ्घीय ऐन संशोधन हुनुपर्ने मन्त्री पराजुलीलको माँग छ ।

प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयबाट ठुलो रकम आम्दानी गर्न सक्छ । तर सङ्घीय ऐन बाधक बनेको छ । यसको सहजीकरण गरिदिन सङ्घीय सरकारसँग मन्त्री पराजुलीले आग्रह गरेको छ ।

ग्रामीण पर्यटनको महत्त्वपूर्ण आधार घरवास पर्यटन (होम स्टे) हरुको प्रवर्द्धनका लागि कोशी प्रदेशमा होम स्टे सञ्चालन गरिरहेका सञ्चालकहरूलाई सीप विकासको लागि तालिम सञ्चालन गरिरहेको जस्ता १०० दिनको उपलब्धि मन्त्री पराजुलीले सार्वजनिक गरेका छन् ।