- ब्रह्मदेव यादव, विराटनगर ५६६ पटक हेरिएको
आइतबार, बैशाख २७, २०८३ समय : १८:१९:४४ , २ दिन अगाडि
पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा सन्तोषप्रसाद धिताल निर्वाचित भएका छन् । पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको १७औं साधारण सभा तथा १३औं अधिवेशनबाट धिताल अध्यक्ष पदमा निर्वाचित भएको हो ।
पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको आइतबार विराटनगरमा भएको निर्वाचनबाट ६० मत प्राप्त गरेर धिताल अध्यक्ष पदमा निर्वाचित भएको हो ।
सुनिलकुमार बिडलाले ४८ मत प्राप्त गरेर अध्यक्ष पदमा पराजित भएको हो । पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्ष र द्वितीय उपाध्यक्ष पदका लागि निर्वाचन भएको थियो । बाँकी पद सहमतिमै टुङ्गीएको थियो ।
द्वितीय उपाध्यक्षमा मनिष मारुले ७१ मत प्राप्त गरेर विजयी भए । निता शर्माले ३८ मत प्राप्त गरेर द्वितीय उपाध्यक्षमा पराजित भए ।
पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको १७औं साधारण सभा तथा १३औं अधिवेशनले महेन्द्रकुमार अग्रवाललाई प्रथम उपाध्यक्ष, मनिष मारुलाई द्वितीय उपाध्यक्ष, रुद्र कार्कीलाई महासचिव, राजकुमार तिम्सिनालाई सचिव, मिङमा शेर्पालाई सम्पर्क सचिव र ललितकुमार अग्रवाललाई कोषाध्यक्ष पदको जिम्मेवारी दिएको छ ।
नन्दकुमार सरदार, विजय भगत, मुकेश सारडा, निर्झर श्रेष्ठ, सुशिलकुमार रौनियार, नितम कार्की, कृष्णकुमार अटल, चन्द्रशेखर सुवेदी, मिलन रौनियार र विजय साह कार्यसमिति सदस्यमा चयन भएका छन् ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय ए एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको १७औं साधारण सभा तथा १३औं अधिवेशनको उद्घाटन गरेका थिए ।