- ब्रह्मदेव यादव, विराटनगर ३७० पटक हेरिएको
सोमबार, बैशाख २८, २०८३ समय : १५:०८:३८ , १९ घन्टा अगाडि
नेपाल–भारतको अन्तर्राष्ट्रिय सिमाना जोगबनी सामान्य अवस्थामा छ । जोगबनी नाकामा नत कडाई गरिएको छ । नत खुकुलो अवस्थामा छ ।
समग्रमा भन्नु पर्दा जोगबनी नाका सामान्य अवस्थामा छ । दुवै देशका नागरिक निर्वाद रूपमा आवतजावत गरिरहेका छन् । नेपालबाट किनमेलका लागि जोगबनी जाने र जोगबनीमा किनमेल गरेर नेपाल फर्किने सर्वसाधारणको हकमा सुरक्षा निकायले कुनै बन्देज लगाएको छैन ।
चोरी तस्करीको माध्यमबाट मोटो रकम बराबरको कारोबार गर्ने कारोबारीको हकमा सुरक्षा निकायले कडाइ गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि चोरी तस्करीको माध्यमबाट अवैध रूपमा मोटो रकम बराबरको कारोबार गर्ने कारोबारीको हकमा केही हदसम्म कडाइ गरिएको छ ।
तथापी वर्षौदेखि चोरी तस्करीको माध्यमबाट कारोबार गरिरहेका कारोबारीहरूले सुरक्षा निकायको मिलेमतोमा भरिया परिचालन गरेर अवैध ओसारपसारलाई निरन्तरता दिई रहेका छन् ।
भारत सँग सिमाना जोडिएको जोगबनी नाका, मटेरुवा, इस्लामपुर, बुधनगर, भेडियारी, दरहैया नाकाबाट कारोबारीहरूले अवैध कारोबारलाई निरन्तरता दिई रहेका छन् । विभिन्न ठाउँबाट एकाबिहानै जोगबनी नाका पुग्ने गरेका कारोबारीहरूले ५० भन्दा बढी भरिया मार्फत दिनभरी जोगबनीबाट सामान ओसारपसार गरेर नेपाल भित्र्याउने गरेका छन् ।
दिनभरीमा मोटो परिमाणमा भित्र्याइएको सामान साँझपख रिर्जव गरिएको सवारी साधनाबाट गन्तव्यसम्म पुर्याउने क्रम निरन्तर चलिरहेको छ ।
जुन कार्यमा सीमा सुरक्षाको जिम्मेवारी लिएका सशस्त्र प्रहरी बल रानी गुल्मका सुरक्षा निकाय प्रत्यक्ष रूपमा संलग्न रहेको कारोबारीको भनाई छ ।
जोगबनी नाकामा तैनाथ सुरक्षा निकायले कुन कारोबारीको कति पटक भरिया मार्फत सामान गयो त्यसको लेखाजोखा राखेर साँझपख डियूटी सकिने बेलामा एक मुष्ट रकम बुझ्ने गरेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बालेन शाह नेतृत्वको सरकारले सिमानाकामा कडाइ गर्ने दिएको आदेश पूर्ण रुपमा पालना भइरहेको बताए ।