अरनिकोमा ११०० सिटका लागि २२०० ले दिए प्रवेश परीक्षा

  • चिरफार डटकम, विराटनगर ९८  पटक हेरिएको

शनिबार, जेठ ०२, २०८३ समय : १७:४७:४३ , ३ घन्टा अगाडि

डाक्टर र इन्जिनियर उत्पादन गर्ने विराटनगरको अरनिको कलेजमा विज्ञान विषय अध्ययन गर्न १ हजार १ सय सिटका लागि २ हजार २ सयले प्रवेश परीक्षा दिएका छन् ।

अरनिको कलेजले विज्ञान संकाय तर्फ कक्षा ११ मा नयाँ भर्नाका लागि शनिवार लिएको प्रवेश परीक्षामा २ हजार २ सय भन्दा बढी विद्यार्थी सहभागी थिए ।

विराटनगरको अरनिको कलेज कोशी प्रदेशको सबै भन्दा ठुलो शिक्षण संस्था हो । जुन कलेजले काठमाडौं बाहिर सबै भन्दा बढी विद्यार्थी भर्ना लिइरहेका छन् ।

गत वर्ष एम.बी.बी.एस.को प्रवेश परीक्षामा विराटनगरबाट २६ जना विद्यार्थीले फुल स्कलरशिपमा नाम निकाल्दा अरनिकोका १९ जना विद्यार्थीले फुल स्कलरशिपमा नाम निकाल्न सफल भएका थिए ।

त्यही अरनिको कलेजमा विज्ञान विषय अध्ययन गर्नका लागि २ हजार २ सय भन्दा बढी विद्यार्थीहरूले प्रवेश परीक्षा दिएका छन् ।

अरनिको कलेजका प्राचार्य राजेश कार्कीले विज्ञान संकाय तर्फ कक्षा ११ मा १ हजार १ सय विद्यार्थी भर्ना लिनका लागि लिएको प्रवेश परीक्षामा २ हजार २ सय भन्दा बढी विद्यार्थी सहभागी भएको बताए ।

उनले शनिवार लिएको प्रवेश परीक्षाको आइतबार बिहान रिजल्ट सार्वजनिक गर्ने बताए ।