- चिरफार डटकम, विराटनगर ८९ पटक हेरिएको
आइतबार, जेठ ०३, २०८३ समय : १६:०२:४२ , २ घन्टा अगाडि
विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को वैशाख महिनामा ८८.२२ प्रतिशतले राजश्व असुली गरेको छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८२/०८३ को वैशाख महिनामा ३ अर्ब ५३ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा ३ अर्ब १२ करोड रुपैयाँ राजश्व असुली भएको बताए ।
जुन लक्ष्यको तुलनामा ८८.२२ प्रतिशतले राजश्व असुली भएको हो । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि वैशाख अर्थात् १० महिनामा ३३ अर्ब ८१ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा २८ अर्ब ९४ करोड रुपैयाँ राजश्व असुली भएको प्रमुख भन्सार अधिकृत श्रेष्ठ बताए ।
जुन लक्ष्यको तुलनामा ८५.६ प्रतिशतले राजश्व असुली भएको हो । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा ४१ अर्ब ३४ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेको छ ।
इजरायल, इरान बिच जारी युद्धका कारण सामुद्रिक जहाज भाडामा वृद्धि भएकोले आयात घट्दा राजश्व असुलीमा ह्रास आएको प्रमुख भन्सार अधिकृत श्रेष्ठले बताए ।