- चिरफार डटकम, विराटनगर २३० पटक हेरिएको
आइतबार, जेठ १०, २०८३ समय : १७:०८:२५ , ३ घन्टा अगाडि
अन्तर्राष्ट्रिय सेफ सन्तोष साहले १ करोड रुपैयाँ लगानी गरेर विराटनगरमा सञ्चालनमा ल्याएको “मिथिला थाली” होटेलबाट आइतबारदेखि खानाको बिक्री सुरु भएको छ ।
लण्डनबाट सेफको उपाधि हासिल गरेका अन्तर्राष्ट्रिय सेफ सन्तोष साहले नेपाली जनतालाई मिष्ठान खाना खुवाउने उद्देश्यका साथ विराटनगरमा “मिथिला थाली” होटेल सञ्चालनमा ल्याएको हो ।
भारतमा १३ वर्ष र लण्डनमा १४ वर्ष रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरिसकेका सन्तोष साहले मिथिला खानाको प्रचार–प्रसार र नेपाली खानाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ विराटनगरमा “मिथिला थाली” होटेल सञ्चालनमा ल्याएको हो ।
विराटनगर महानगरपालिकाको वडा नं. ३ स्थित विराटनगर–धरान मुख्य सडक मार्गको दुग्ध विकास संस्थानको ठिक अगाडी रहेको “मिथिला थाली” होटेल विराटनगर प्रवेश गर्ने र विराटनगरबाट बाहिरिने जो कोहीका लागि खाना खानको लागि उद्गम स्थलको रूपमा लिन सकिन्छ ।
विराटनगरको “मिथिला थाली” होटेलबाट प्रत्येक दिन १५० देखि २ सय जनासम्म ग्राहकलाई सेवा दिन सक्ने व्यवस्था मिलाइएको उनले बताए ।