सरकारले सुनबाट लक्जरी कर र हिराबाट मूल्य अभिवृद्धि कर हटायो

  • चिरफार डटकम, विराटनगर २५९  पटक हेरिएको

शुक्रबार, जेठ १५, २०८३ समय : १४:३५:३१ , ९ घन्टा अगाडि

नेपाल सरकारले सुनबाट लक्जरी कर र बहुमूल्य हिराबाट मूल्य अभिवृद्धि कर (भ्याट) हटाएको छ ।

नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेटबाट यी दुवै कर हटाएको छ । सरकारले सुनमा २ प्रतिशत लक्जरी कर र बहुमूल्य हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लिई रहेको थियो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत सुन र हिरामा भइरहेको अवैध कारोबारलाई रोक्न सुनमा २ प्रतिशत विलासी कर लगाएका थिए ।

सुन, चाँदी व्यवसायीले महिनौसम्म आन्दोलन गर्दा पनि सरकारले सुनबाट विलासी कर हटाउन अस्वीकार गरेको थियो ।