अरनिको कलेजमा नयाँ विद्यार्थीलाई स्वागत तथा सम्मान

  • ब्रह्ममदेव यादव, विराटनगर १८८  पटक हेरिएको

शनिबार, जेठ १६, २०८३ समय : १५:२९:५१ , २ घन्टा अगाडि

विराटनगरको अरनिको कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई शनिवार स्वागत तथा सम्मान गरेको छ । अरनिको कलेजले कक्षा ११ मा विज्ञान संकाय तर्फ काठमाडौंको के.एम.सी. र ट्रि निटि पछि सबै भन्दा बढी विद्यार्थी भर्ना लिएका छन् ।

अरनिको कलेजले कक्षा ११ मा विज्ञान संकाय तर्फ १ हजार २ सय भन्दा बढी विद्यार्थी भर्ना लिएको छ । काठमाडौं पछि सबै भन्दा बढी विद्यार्थी पढाउने अरनिको कोशी प्रदेशको नम्बर १ र नेपालको सुविधा सम्पन्न उत्कृष्ट कलेज हो ।

नेपालका चर्चित मोटिभेटर डा. तारा गिरीले अरनिको कलेजमा भर्ना भएका विद्यार्थीलाई सफल जीवन यापनका लागि कक्षा ११ र १२ मा कडा मेहनत र लगनशीलताका साथ अध्ययन गर्न सुझाव दिए ।

अरनिको कलेजका निर्देशक भरतराज दाहालले देश भरी सञ्चालनमा रहेका १० हजार भन्दा बढी कलेज मध्येबाट अरनिको कलेजमा भर्ना भएका विद्यार्थी र विद्यार्थीका अभिभावकलाई धन्यवाद ज्ञापन गरेका छन् ।

अरनिको कलेजका कोअडिनेटर विकास खनालले सातामा ५ दिन कलेज सञ्चालन हुने जानकारी गराए । शनिवार र आइतबार गरी लगातार २ दिन सरकारी बिदा भएकोले आवश्यकता अनुसार शनिवार र आइतबार पनि कलेज सञ्चालन हुने उनले बताए ।

कमजोर विद्यार्थी र मेडिकल तथा इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीका लागि बिदाकै दिन शनिवार र आइतबार विशेष कक्षा सञ्चालन हुने खनालले बताए ।

कार्यक्रममा अरनिको माध्यमिक विद्यालयबाट एस.ई.ई. परीक्षामा ३.९१ जीपीए अंक ल्याएर उत्तीर्ण गरेका विद्यार्थी जेवा प्रविणलाई राजबहादुर–कमला कुँवर छात्रवृत्ति प्रदान गरिएको छ । जेवा प्रविण अरनिको कलेजमा भर्ना भएका छन् । उनले कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् ।

अरनिको कलेजका प्रचार्य राजेश कार्की र कोअडिनेटर विकास खनालले जेवा प्रविणलाई छात्रवृत्ति रकम प्रदान गरेका थिए ।

अरनिको कलेजमा अध्ययनका लागि कक्षा ११ को प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याएका टपर विद्यार्थीलाई प्रिन्सिपल छात्रवृत्ति प्रदान गरिएको छ । कलेजका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीको अध्यक्षतामा स्वागत सम्मान र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।