अरनिको कलेजको अभिमुखीकरण कार्यक्रममा जीवन बदलिने विद्यार्थीको संकल्प

  • ब्रह्मदेव यादव, विराटनगर ११९  पटक हेरिएको

आइतबार, जेठ १७, २०८३ समय : १३:५७:१५ , ३ घन्टा अगाडि

विज्ञान संकायतर्फ देशकै अब्बल विराटनगरको अरनिको कलेजको अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूले जीवन बदलिने संकल्प गरेका छन् ।

विराटनगरको अरनिको कलेजले कक्षा ११ मा विज्ञान संकाय तर्फ भर्ना लिएका १ हजार २ सय भन्दा बढी विद्यार्थीका लागि आयोजना गरेको २ दिने अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूले जीवन बदलिने संकल्प गरेका छन् ।

अरनिको कलेजले कक्षा ११ मा विज्ञान संकाय तर्फ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा सम्मान सहित प्रशिक्षित गर्ने उद्देश्यका साथ आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका मुख्य वक्ता नेपालकै ख्यातिप्राप्त मोटिभेटर डा. तारा गिरी रहेका थिए । अरनिको कलेजले कक्षा ११ मा विज्ञान संकायत तर्फ १ हजार २ सय ५३ जना विद्यार्थी भर्ना लिएका छन् ।

बायलोजी विज्ञानमा भर्ना भएका ८ सय ३६ जना विद्यार्थीका लागि जेठ १६ गते शनिवार र कम्प्यूटर विज्ञानमा भर्ना भएका ४ सय १७ जना विद्यार्थीहरूका लागि जेठ १७ गते आइतबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेका थिए ।

ख्यातिप्राप्त मोटिभेटर डा. तारा गिरीले विद्यार्थीहरूलाई जीवनमा सफल बन्नका लागि कडा मेहनत गर्न सुझाव दिए । साथै बाबु–आमालाई सम्मान गर्न र उनीहरूले देखेको सपना पुरा गर्न पढेर ठुलो मान्छे बन्न सुझाव दिए ।

मोटिभेटर डा. तारा गिरीले नर्सरीदेखि एस.ई.ई. सम्म उत्तीर्ण गर्न १३ वर्ष अध्ययन गरेको र अबको २ वर्ष लगाएर कक्षा ११ र १२ को अध्ययन पुरा गरेको खण्डमा उच्च शिक्षा अध्ययनको बाटो खुल्ने भएकोले कडा मेहनत गर्न विद्यार्थीलाई सुझाव दिए । मोटिभेटर डा. तारा गिरीबाट प्रशिक्षण लिइसकेपछि विद्यार्थीहरूले अबको २ वर्ष जीवन बदलिने गरी कडा मेहनतका साथ अध्ययन गर्ने संकल्प गरेका छन् ।

अरनिको कलेजका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्राचार्य राजेश कार्की, निर्देशक भरतराज दाहाल, निलम अधिकारी, विकास खनाल, शैलेश झा, उमेन्द्र बिलास लुँईटेल र डा. भविन्द्र निरौला अभिमुखीकरण कार्यक्रममा सहभागी थिए ।

विराटनगरको पाञ्चाली स्थित कञ्चनजङ्घा पार्टी प्यालेसमा अरनिको कलेजले आयोजना गरेको २ दिने अभिमुखीकरण कार्यक्रममा कलेजका विद्यार्थी, विद्यार्थीका अभिभावक सहित कलेजका शिक्षक, शिक्षिका र कर्मचारीहरूको सहभागिता रहेको थियो ।