- चिरफार डटकम, विराटनगर २६८ पटक हेरिएको
आइतबार, जेठ २४, २०८३ समय : १५:२२:१२ , २ हप्ता अगाडि
उद्योगी पवन सारडा अध्यक्ष रहेको नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिलाई वेष्ट प्रोभिन्स अवार्ड २०२६ प्रदान गरिएको छ ।
नेपाल उद्योग परिसंघको २३औं केन्द्रीय अधिवेशनमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिलाई वेष्ट प्रोभिन्स अवार्ड तथा पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
नेपाल उद्योग परिसंघको ७ वटै प्रदेश समिति मध्ये कार्यसम्पादनको आधारमा कोशी उत्कृष्ट प्रदेश घोषित भएको थियो ।
अधिवेशनको प्रमुख अतिथि सङ्घीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवन सारडालाई वेष्ट प्रोभिन्स ट्रफी प्रदान गरेका थिए ।
नेपाल उद्योग परिसंघको केन्द्रीय अधिवेशनमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवन सारडा परिसंघका केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेशका संस्थापक अध्यक्ष भीम घिमिरे, परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, प्रमुख सल्लाहकार महेश जाजु र महानिर्देशक विजयहरि शर्मा सहभागी भएका थिए ।