- चिरफार डटकम, विराटनगर २६० पटक हेरिएको
सोमबार, जेठ २५, २०८३ समय : १८:११:३५ , ४ घन्टा अगाडि
आन्तरिक राजश्व कार्यालय विराटनगरले उद्योग तथा व्यवसायी प्रतिष्ठानको अनुगमन सुरु गरेको छ ।
दर्जनौँ उद्योग तथा व्यवसायी प्रतिष्ठानको अनुगमन गरिसकेको कार्यालयले थप अनुगमनलाई निरन्तरता दिइरहेको छ ।
पछिल्लो समय कर छली गरेको विषयमा उजुरी पर्न थालेपछि त्यसको सत्य तथ्य पत्ता लगाउन कार्यालयले उद्योग तथा व्यवसायी प्रतिष्ठानको अनुगमन गरिरहेको छ ।
आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले कर छलीबारे उजुरी परेकोले त्यसको सत्य तथ्य पत्ता लगाउन उद्योग तथा व्यवसायी प्रतिष्ठानको अनुगमन गरिरहेको बताए ।
कार्यालय प्रमुख उप्रेतीले उद्योग तथा व्यवसायी प्रतिष्ठानले वार्षिक रूपमा देखाएको कारोबारमा मोटो रकम कर छली गरेको परेको उजुरीको आधारमा अनुगमन भइरहेको बताए ।
उद्योगी तथा व्यवसायी प्रतिष्ठानले छली गरेको रकम बारे सत्य तथ्य सार्वजनिक गर्ने कार्यालय प्रमुख उप्रेतीले बताए । कार्यालय प्रमुख उप्रेतीले भने– प्रत्येक दिन २ देखि ३ वटासम्म कर छलीको उजुरी परिरहेको छ ।
उजुरी पर्ने क्रम निरन्तर जारी छ । कसैलाई दुःख दिने हाम्रो उद्देश्य होइन । तर उजुरी परिसकेपछि त्यसको छानबिन गर्नुपर्ने हाम्रो दायित्व हो । उजुरी परेको उद्योग तथा व्यवसायी प्रतिष्ठानमा हाम्रो टोली पुगेर सत्य तथ्य बुझ्ने काम भइरहेको उनले बताए ।