- चिरफार डटकम, विराटनगर २१० पटक हेरिएको
आइतबार, जेठ ३१, २०८३ समय : १८:३७:१४ , १७ घन्टा अगाडि
उद्योग संगठन मोरङले आइतबार विराटनगरमा आयोजना गरेको दोस्रो संस्करणको सीप उत्सव प्रतिस्पर्धामा विभिन्न विधा तर्फका विजेतालाई १०–१० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।
सीप उत्सवमा अटोमोबाइल्स क्षेत्र तर्फ मनमोहन स्मृति पोलिटेक्नीक हात्तिमुडा मोरङका मो. जेसन अंसारी, होटेल म्यानेजमेन्ट तर्फ नरबाहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय इटहरी सुनसरीका आकृति पौडेल र सूचना प्रविधि तर्फ कनकाई पोलिटेक्निक, झापाका मनिष घिमिरे प्रथम पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
सीप उत्सव समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद मेहता र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले तीनै जना विजेतालाई नगद १०–१० हजार सहित प्रमाण–पत्र वितरण गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडा र मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले युवालाई उद्यमी बनाउने उद्योग संगठन मोरङको कार्य प्रशंसनीय रहेको बताए ।
उद्योग संगठन मोरङले स्वीस सरकारको आर्थिक सहयोगमा इन्सोर र हेल्भेटास परियोजनासँग सहकार्य गरेर सीप उत्सवको आयोजना गरेका थिए ।
सीप उत्सवमा सुनसरी, मोरङ र झापाका २५ विद्यालयका १ हजार भन्दा बढी विद्यार्थी र ५ सय अवलोकन कर्ता गरेर १ हजार ५ सय भन्दा बढीको सहभागिता रहेको उद्योग संगठन मोरङका महानिर्देशक चुडामणी भट्टराईले जानकारी गराए ।