मौद्रिक नीति सम्बन्धमा नेपाल उद्योग परिसंघ कोशीले नेपाल राष्ट्र बैंकलाई दिए ११ बुन्दे सुझाव

  • चिरफार डटकम, विराटनगर १११  पटक हेरिएको

बिहिबार, आषाढ ०४, २०८३ समय : १७:३६:०९ , ५ घन्टा अगाडि

नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सम्बन्धमा नेपाल राष्ट्र बैंकलाई ११ बुन्दे सुझाव दिएको छ ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष साकेत राठी र महानिर्देशक विजयहरी शर्माले बिहीबार नेपाल राष्ट्र बैंक कोशी प्रदेशका प्रमुख निर्देशक सुमन न्यौपानेलाई अर्थतन्त्र सुधारका लागि सन्तुलित मौद्रिक नीति निर्माण गर्न सुझाव दिएको छ ।

नेपालले अब नयाँ युगको सुरुवा गर्नुपर्ने अवस्था आइसकेकोले युवाहरूको जोस र जागरलाई प्रोत्साहन गर्न समग्र निजी क्षेत्रलाई अगाडी बढाउन उद्योग मैत्री मौद्रिक नीति निर्माण गर्न नेपाल उद्योग परिसंघ कोशीले नेपाल राष्ट्र बैंकलाई सुझाव दिए ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडाद्वारा हस्ताक्षरित ११ बुन्दे सुझावमा सन्तुलित विस्तारमुखी मौद्रिक नीति, कर्जा पुर्नसंरचना, कर्जा पुर्नतालिकीकरण, वित्तीय क्षेत्रको स्थायित्व व्यवस्था व्यवसायीको पुर्नउत्थान, सुक्ष्म लघुवित्त वित्तको कर्जा सीमा, कालो सूचिमा पर्नेहरूको पुनरावलोकन, निजी क्षेत्रको लगानी प्रवर्द्धन, ब्याज दरमा स्थायित्व र न्यूनीकरण के.वाइ.सी. केन्द्रीय र डिजिटल एकीकरण, बैंक तथा डिजिटल माध्यमबाट हुने ठगी नियन्त्रण, संस्थागत कोषहरूको पुँजी बजारमा सक्रिय परिचालन र स्वदेशी चाँदी उद्योगका लागि चाँदी आयात सीमा पुनरावलोकन माँग गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित