कोशी प्रदेश सरकारका मन्त्री पराजुलीको सरकारी निवासमा प्रहरीको छापा

  • चिरफार डटकम, विराटनगर १५७  पटक हेरिएको

शुक्रबार, आषाढ ०५, २०८३ समय : १७:२४:५३ , ५ घन्टा अगाडि

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीको विराटनगरस्थित सरकारी निवासमा नेपाल प्रहरीले बिहीबार मध्य रातमा छापा मारेको छ ।

एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका पराजुलीको विराटनगरस्थित सरकारी निवासमा नेपाल प्रहरीले छापा मारेको हो । नेकपा एमालेको कोटाबाट पराजुली सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री जिम्मेवारीमा रहेका छन् ।

नेपाल प्रहरीले विराटनगरस्थित मन्त्री पराजुलीको सरकारी निवासमा बिहीबार रातको ११ बजे छापा मार्दा मन्त्री पराजुली गृह जिल्ला धनकुटामा रहेका थिए ।

मन्त्री पराजुली सरकारी निवासमा नरहेको र उनी काम विशेषले गृह जिल्ला धनकुटा पुगेको सूचना बाहिरिए पछि छापा मार्न गएको टोली फर्किएका थिए ।

नेपाल प्रहरीको टोली बिहीबार राती मन्त्री पराजुलीको निवासमा छापा मार्न पुग्दा गेट बन्द रहेकोले पर्खाल माथि चढेर भित्र प्रवेश गरेका थिए । मन्त्री पराजुलीको सरकारी निवासमा प्रहरीले मारेको छापाप्रति मोरङ प्रशासन मौन छ । कोशी प्रदेश सरकार बेखबर छ ।

कोशी प्रदेश सरकारमा सहभागी कांग्रेसका एक जना मन्त्रीले भने: मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा रहेका एमालेका मन्त्री पराजुलीले सरकारी राज्य कोषको चरम दोहनसँगै लुटतन्त्र मच्चाएकोले त्यसलाई लगाम लगाउने गरी प्रहरीले छापा मारेको बताए ।

सङ्घीय सरकारको निर्देशन बमोजिम नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालयको टिमले मन्त्री पराजुलीको सरकारी निवासमा छापा मारेको तथ्य बाहिरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित