तेरापंथ युवक परिषद् विराटनगरको अध्यक्षमा अरिहन्त दुगड निर्वाचित

  • चिरफार डटकम, विराटनगर ३६५  पटक हेरिएको

आइतबार, आषाढ ०७, २०८३ समय : १४:३७:०८ , १ महिना अगाडि

तेरापंथ युवक परिषद् विराटनगरको अध्यक्षमा अरिहन्त दुगड निर्वाचित भएका छन् । ९३ मत प्राप्त गरेर दुगड अध्यक्ष पदमा निर्वाचित भएको हो ।

अध्यक्ष पदका अर्का उम्मेदवार अमित धाडेवाले ६८ मत प्राप्त गरेका थिए । दुगडले सन् २०२६/०२७ सम्म अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने छन् ।

तेरापंथ युवक परिषद्मा साधारण सदस्यको मतदान प्रक्रियाबाट अध्यक्ष निर्वाचित हुने र नवनिर्वाचित अध्यक्षले पदाधिकारी र कार्यसमिति सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

नवनिर्वाचित अध्यक्ष दुगडले केही दिन भित्र पदाधिकारी र सदस्य मनोनयन गरेर कार्यसमितिलाई पूर्णता दिने बताए । शनिबार निर्वाचन प्रक्रियाबाट दुगड अध्यक्षमा निर्वाचित भएपछि निर्वाचन समितिका विरेन्द्र संचेतीले उनलाई प्रमाण–पत्र वितरण गरेका थिए ।

तेरापंथ युवक परिषद् विराटनगरका पूर्वअध्यक्ष कमल डाँगा, विकास लालवानी, शेरसिंह दुगड, विनय पारख, जिनेन्द्र नौलखा र मोहित लालवानीले नवनिर्वाचित अध्यक्ष दुगडलाई बधाई दिएका थिए ।