उद्योगको मूल्यमा सोरुमबाट चामलको बिक्री सुरु

  • चिरफार डटकम, विराटनगर १३७  पटक हेरिएको

सोमबार, आषाढ ०८, २०८३ समय : १३:१६:०८ , ४ घन्टा अगाडि

युवा चामल व्यवसायी हरिप्रसाद सिंघानियाले उद्योगको मूल्यमा विराटनगर–२, तिनपैनी स्थित लक्ष्मी गणेश इन्टरप्राइजेज खुद्रा सोरुमबाट चामलको बिक्री सुरु गरेको छ ।

विराटनगरको सोरुमबाट उद्योगको मूल्यमा चामलको बिक्री सुरु गरेको चामल व्यवसायी सिंघानियाले आगामी आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि देशको अन्य सहरमा सोरुम सञ्चालनमा ल्याएर चामलको बिक्री सुरु गर्ने तयारी भइरहेको जानकारी गराए ।

चामल व्यवसायी सिंघानियाको प्याकेजिङ चामल उद्योग चिराग फुड प्रा.लि.द्वारा टिमूर ब्राण्ड, कृष्णा मधुर ब्राण्डको बासमती र जिरा मसिनो चामल बजारमा बिक्री गरिरहेको छ । जसमध्ये टिमूर ब्राण्डको एक्ट्रा लङ ग्रेड चामलले सर्वाधिक उपभोक्ताको मन जित्न सफल भएको छ ।

बजारमा विभिन्न ठुला तथा साना चामल उद्योगले बिक्री गरिरहेको चामलको तुलनामा टिमूर र कृष्णा मधुर ब्राण्डको चामल सस्तो छ ।

सिंघानियाको प्याकेजिङ चामल उद्योग चिराग फुड प्रा.लि. द्वारा उत्पादन भइरहेको कृष्णा मधुर र सोनम ब्राण्डको २० र २५ किलोको चामल २ हजार १ सय ५० र २ हजार २ सय रुपैयाँमा सोरुमबाट बिक्री भइरहेको छ ।

कृष्णा मधुर ब्राण्डको २० किलोको लङ ग्रेड बासमती चामल ३ हजार २ सय ५० र टिमूर ब्राण्डको २० किलोको एक्ट्रा लङ ग्रेड चामल ३ हजार ५ सय ५० रुपैयाँमा सोरुमबाट बिक्री भइरहेको छ ।

अन्य ठुला तथा साना चामल उद्योगको यस्तै ब्राण्डको २० र २५ किलोको चामल ३ सयदेखि ४ सय रुपैयाँ महंगोमा बिक्री भइरहेको छ । युवा उद्योगी सिंघानियाले जनतालाई सेवा प्रदान गर्ने उद्देश्य अनुरूप उद्योगको मूल्यमा सोरुमबाट सस्तो मूल्यमा चामल बिक्री भइरहेको बताए ।

मोटो परिमाणमा चामल खरिद गर्ने उपभोक्तालाई सेवा प्रदान गर्ने उद्देश्य अनुरूप घरमै चामल पुर्‍याउने सोरुमले व्यवस्था मिलाइएको सिंघानियाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित