समाजसेवी दिनबन्धु गोयलद्वारा गुरुकुल र परमार्थ सिंघिया आरतीलाई १/१ लाख रुपैयाँ सहयोग 

  • चिरफार डटकम, विराटनगर २८२  पटक हेरिएको

बिहिबार, आषाढ २५, २०८३ समय : १७:२९:०७ , २ दिन अगाडि

वरिष्ठ समाजसेवी दिनबन्धु गोयलले विराटनगरको दुई संस्थालाई १/१ लाख रुपैयाँ सहयोग गरेका छन् ।

वरिष्ठ समाजसेवी गोयलले विराटनगरको गुरुकुल माध्यमिक विद्यालय र परमार्थ सिंघिया आरती सेवालाई १/१ लाख रुपैयाँ सहयोग गरेको हो ।

वरिष्ठ समाजसेवी गोयलले बिहीबार विराटनगर–१४ जतुवास्थित गुरुकुल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्योगी एवं समाजसेवी नन्दकिशोर राठीलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

वरिष्ठ समाजसेवी गोयलले विद्यालयको अतिरिक्त क्रियाकलापलाई सबल बनाउन ३९ हजार रुपैयाँ बराबरको १ थान साउण्डसिस्टम समेत उपलब्ध गराएका थिए ।

वरिष्ठ समाजसेवी गोयलले उपलब्ध गराएको १ लाख रुपैयाँको चेक बुझ्‌दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्योगी एवं समाजसेवी राठीले प्राप्त सहयोग रकम विद्यालयको प्रशासनिक कार्यमा खर्च गर्ने बताए ।

केही दिन अगाडी वरिष्ठ समाजसेवी गोयलले विराटनगर–१ स्थित परमार्थ सिंघिया आरती सेवाका अध्यक्ष एवं न्यू सृष्टि दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक वरिष्ठ पत्रकार शंकर खरेललाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।