- चिरफार डटकम, विराटनगर ४१० पटक हेरिएको
मंगलबार, बैशाख ११, २०८१ समय : १४:१०:३२ , ६ महिना अगाडि
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको अधिवेशन बैशाख १९ गते विराटनगरमा हुने टुंगो लागेको छ । यस अघि बैशाख १२ गतेका लागि तय गरिएको अधिवेशनको मिति विशेष प्राविधिक कारणवश बैशाख १९ गतेका लागि सरेको हो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको मंगलबार विराटनगरमा बसेको बैठकले बैशाख १९ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो । महासंघ कोशी प्रदेश समितिका कार्यवाहक अध्यक्ष लवदेव ढुंगानाको अध्यक्षतामा बसेको बैठकले अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न तयारीका लागि विभिन्न समिति गठन गर्दै त्यसको जिम्मेवारी पदाधिकारी र सदस्यलाई प्रदान गरिएको छ ।
अधिवेशनमा कोशी प्रदेश भरीका १ सय भन्दा बढि प्रतिनिधिहरूको सहभागिता रहने छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा अधिवेशन गर्ने प्रदेश समितिले निर्णय गरेको हो ।